बैंकिङ कसूर गर्ने प्रतिवादी पक्राउ

बैंकिङ कसूर गर्ने प्रतिवादी पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले काठमाडौंको चक्रपथबाट मंगलवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका(३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् । उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले अभियुक्त थापालाई ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

निजले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यानमा पारि तत्कालिन देव विकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ३९ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

Recent Comments

No comments to show.