सत्तासाझेदार दलको कार्यदल बैठक बालुवाटारमा जारी

सत्तासाझेदार दलको कार्यदल बैठक बालुवाटारमा जारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठक बसेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदलको बैठक सोमबार पनि बसेको थियो । सो बैठकपछि नेताहरुले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयास गरेका थिए । सरकारको कामकारबाहीलाई सकारात्मक सहयोग गर्ने उद्देश्यले ८ साउनमा नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा गठित कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी, (नेपाल)बाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठलगायत नेताहरु छन् ।

Recent Comments

No comments to show.