पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्यास लिएको घोषणा गरेका हुन्।

सञ्जाल फेसबुकमा खड्काले भनेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु।’

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटमा भने लागीरहने जनाएका छन्। उनले भनेका छन्, ”अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्।”

सबै मिले अब नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनु पर्ने उनको भनाइ छ। उनले अन्तिममा भनेका छन्, ”मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल मिठो यादका रुपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौं भन्ने विश्वास लिएको छु।”

सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे ।

खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो

Recent Comments

No comments to show.