सहयाेगी निलबाराही टोल सुधार समितिको अधिवेसनबाट अध्यक्षमा चुनिए पुस्कर बस्नेत

सहयाेगी निलबाराही टोल सुधार समितिको अधिवेसनबाट अध्यक्षमा चुनिए पुस्कर बस्नेत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । सहयोगी निलबाराही टोल सुधार समितिको छैठौं बार्षिक साधारणसभा तथा अधिवेसन शनिबार सम्पन्न भएको छ ।

भक्तपुरको वोडे स्थित निलवाराही ब्याङ्क्वेटमा एक औपचारिक कार्यक्रम सहित सम्पन्न भएको उक्त साधारणसभामा प्रमुख अतिथिको रुपमा तथा नेकपा (एमाले)का युवा नेता तथा प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा रहेको थियो ।

उक्त कार्यक्रममा समाजसेवी व्यवसायी तथा विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरुकाे समेत भव्य उपस्थिति रहेकाे थियाे । पशुपति अन्नपूर्णा आश्रमका अध्यक्ष केबी सम्राट, भक्तपुर नेकपा एमाले अध्यक्ष वचन देउजा लगायत व्यक्तिहरुकाे समेत उक्त कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।

टोल सुधार समितिको अध्यक्षमा पुस्कर बस्नेत

उक्त अधिवेसनले पुस्कर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिता तामाङ र सचिवको जिम्मेवारीमा कानुन व्यवसायी जान्दवी प्रसाद दाहाल रहेका छन् भने कोषाध्यक्षमा गणेश सिंह धामी तथा सहसचिवमा टिकाराम बास्तोला रहेका छन् । उक्त बार्षिक साधारणसभामा मञ्तव्य राख्दै प्रमुख अतिथि महेश बस्नेतले आफूहरु भक्तपुरको विकासमा निरन्तर लागिरहेको र सम्भव भएसम्म बिना झण्झट सेवाग्राहीहरु लाभान्वित हुन सकुन् भन्नेमा प्रतिवद्ध भएर लागिरहेको बताएका छन् ।


भक्तपुर क्षेत्रमा २ ओटा स्मार्ट सिटीहरु निर्माणको लागि आफूहरुले प्रक्रिया अघी बढाएको, स्तरीय सडकहरुको निर्माण कार्य धमाधम भइरहेको, व्यवस्थित तवरले बस्तीहरु विकासको लागि कामहरु भइरहेको र बीर अस्पताल भक्तपुर क्षेत्रमा स्थानान्तरणको लागि ठूलो क्षेत्रको जग्गा अधिकरण गरी तीव्र रुपमा काम अघी बढाइरहेको लगायत कामहरु अघी बढाएर जनताले प्रत्यक्ष महसुस हुने गरी प्रशस्तै कामहरु अघी बढेको र विकासको मुहान फुट्न शुरु भएको बताए ।

राजधानी शहरकै छेउमा रहेको सानो जिल्ला भक्तपुर अहिले सम्म बत्ति मुनिको अँध्यारोको रुपमा बस्नुपरेको र त्यो अवस्था हाल सम्म कायम रहनु दुखद भएको समेत उनले सङ्केत गरे ।

जनताहरुका समस्या पहिचान गरी जनहितका कामहरु आफूहरु तीव्र रुपमा अघी बढाउन प्रयाशरत रहँदा पनि केही व्यक्तिहरु भने धमिलो पानीमा माछा मार्न उद्यमशिल रहेको उहाँले बताउनुभयो । उहाँले स्थानीय निकायहरुबाट प्रवाह गरिने सामान्य सेवाहरु समेत राजनीतिक विचारधाराकै आधारमा पूर्वाग्रह हुने गरेको आफूले पनि जानकारी पाएको र यसबाट जनतालाई हुने सास्तीलाई न्यूनीकरण गर्न जनप्रतिनिधिहरु जिम्मेवार हुनुपर्ने बताए ।

भक्तपुरको वृहद पर्यटकीय विकास, व्यावसायिक कृषि, औद्योगिक वातावरण निर्माण, सांस्कृतिक धरोहरहरुको संरक्षण तथा पुननिर्माण लगायतका कामहरु आफ्नो प्राथमिकतामा रहेको समेत नेता बस्नेतले बताएका छन् ।

Recent Comments

No comments to show.