जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई नेता चयन गरेको हो। उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको जसपा सांसद प्रदीप यादवले जनाएका छन्।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए। त्यसलाई सांसद महेन्द्रराय यादवले समर्थन जनाएका थिए।

शनिबारको बैठकमा २१ जना सांसद  उपस्थित थिए। दुई जना निलम्बनमा परेका बाहेक जसपामा ३२ सांसद छन्। महन्थ ठाकुरसहित ११ सांसद अनुपस्थित रहेका थिए।

निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेपछि संसदीय दलको नेता चयन गरिएकाे हो। अब सरकारमा पनि सहभागी हुने जनाइएको छ।

Recent Comments

No comments to show.