प्रभु साहको आइटी आर्मीले निकाल्यो मोटरसाइकल र्याली

प्रभु साहको आइटी आर्मीले निकाल्यो मोटरसाइकल र्याली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमालेले भर्खरै गठन गरेको आइटी आर्मीले शनिबार रौतहटमा विशाल जुलुस प्रर्दशन गरेको छ । भ्रष्टाचार विरोधि नारा लगाउँदै निकालिएको मोटरसाइकल जुलुसमा सहभागीता व्यापक थियो ।

आइटी आर्मीको कमाण्डर पूर्वमन्त्री प्रभु साह हुन् । उनकै गृह जिल्लामा आयोजित जुलुसमा शक्ति प्रदर्शनको शैलीमा सहभागी जुटाइएको थियो ।

सामाजिक न्याय, सुशासन तथा समाजवादको पक्षमा काम गर्ने गरी एमालेले साउन ५ गते आइटी आर्मी गठन गरेको हो । आइटी आर्मीका नेता सिवी साहले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध समाजमा जनचेतना फैलाउन जुलुस प्रदर्शन गरिएको बताएका छन् । 

सशक्त संघर्ष गर्नका लागि व्यापक जनाधार निर्माण एवं परिचालन गर्ने मुख्य अभिप्रायले आयोजित मोटरसाइकल जुलस ऐतिहासिक भएकाे उनले दावी गरे । आयोजकले जुलुसमा दशौं हजार सहभागी भएको बताएको छ । 

आइटी आर्मीले खासगरी सरकारको कमीकमजोरी औंल्याउँदै फेसबुक, ट्वीटरजस्ता भर्चुअल सामाजिक सञ्जालमार्फत तिनको खण्डन र प्रतिक्रिया जनाउने छ । यो संगठनमा १ सय ५१ सदस्य रहने र यसले सुचना प्रविधि क्षेत्रबाट पार्टीका गतिविधिहरुको निगरानीसमेत राख्ने छ । 

Recent Comments

No comments to show.