ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा महाशाखाको छापा, एक जना समातिए

ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा महाशाखाको छापा, एक जना समातिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। महानगरीय अपराध महाशाखा काठमाडौँले चिनियाँ नागरिकले ठमेलमा सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ ।

ज्याठा चोकबाट नजिकै रहेको चिनियाँ नागरिकले सञ्चालन गरेको फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।जसमा ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले एक्ट प्रो नेपाललाई  जानकारी दिए।

बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने  खापुङले जानकारी दिए । 

पछिल्लो समयमा ठमेल क्षेत्रमा चिनियाँ नागरिकको अपराधिक गतिविधि बढेको भन्दै प्रहरीले निगरानी बढाएको छ।

प्रहरीले असार २१ गते च्याङक्हु खाचान होटेलमा चार जना चिनियाँ नागरिकलाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको थियो। होटेलबाट झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान भेटिएको थियो। होटेल चिनियाँ नागरिकले संचालन गरेको भए पनि उनी चीनमा भएको कारण पक्राउ गर्न सकिएको थिएन।

Recent Comments

No comments to show.