अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू

अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए।

बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो। लामो समयको तयारीपश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो। प्राधिकरणले मोबाइल सेटको आयातपूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ।

प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिस्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ।

‘पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत् गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरुपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दाे र सुरक्षित बनाइनेछ,’ सूचनामा भनिएको छ।

एमडीएमएस प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ। एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलस्थित भवन निर्माण गरेको छ।

Recent Comments

No comments to show.