चर्चभित्र बालिका बलात्कार गरेकोमा ५६ वर्षिय पुरुष पक्राउ

चर्चभित्र बालिका बलात्कार गरेकोमा ५६ वर्षिय पुरुष पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डोनेसियामा  दुई वर्ष अघि क्याथोलिक चर्च भित्र एउटा बच्चालाई बलात्कार गरेको आरोपमा पुलिसले एकजना ५६ वर्षका पुरुषलाई पक्राउ गरेको छ।

फरार भैरहेका ति व्यक्तिलाई पुलिसद्वारा केही दिन अघि स्थानीय लाबुआन बाजोमा पक्राउ गरिएको थियो। उनलाई ९ वर्षकि ग्रामिण बालिकालाई बलात्कार गरेको आरोप छ। आरोपित  व्यक्ति मिशन स्टेशन चर्चमा  हेरचाहकर्ताको रूपमा काम गर्ने गरेको जनाईएको छ। घटना सार्वजनिक भएपछि पिडित बालिकाका बाबुले पुलिसमा उजुरी गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गरिएपछि बालात्कार भएको पुष्टि भएको थियो। त्यसपछि पुलिसले ती व्यक्तिको खोजी गरिरहेको थियो।

बिबाह गरी ३ जना छोराछोरी समेत भएका ती व्यक्तिले चकलेट र पैसा दिएर बालिकालाई बलात्कार गरेका थिए।

यो घटनामा धेरै वकिलहरूले सहयोग गरिरहेका थिए।

Recent Comments

No comments to show.