काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेछ । शुक्रवार प्रतितोला रू. १ हजार ३१० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३२५ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य रू. १५ ले बढेको हो ।
प्रतिक्रिया