काठमाडौँ। काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।
यसबारे निर्णय गर्न उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीरुको बैठक आज अपराह्न बस्दैछ ।
सार्वजनिक यातायात व्यवसायीहरुले दिएको दबाबलाई मध्यनजर गर्दै सार्वजनिक यातायातलाई थप खुकुलो बनाउने सिडिओहरुको तयारी छ। यसअघि निजी गाडीमा जोरविजोर लागू गर्नुका साथै २५ सिटभन्दा माथिका सार्वजनिक गाडी चलाउने दिएका छन् ।
अब काठमाडौंबाट चल्ने लामो दूरीका बसहरुलाई पनि चलाउने तयारी गरिएको बताइएको छ।
प्रतिक्रिया