भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर

भेस्पा र अप्रिलिया स्कुटरको मनसून अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसुन अफर शुरु गरेको छ ।

यसअन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा नगद पाँच हजार रुपैयाँ छुट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कुटर छोप्ने कभर र अफिसियल हेल्मेटसमेत पाइने कम्पनीले जनाएको छ ।

साथै ग्राहकको सुविधालाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजदरमा पनि ग्राहकले स्कूटर खरिद गर्न सक्नेछन् जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका ५ मोडल एसयक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ रहेको कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.