क्रियाशील सदस्यतामा विवाद आएपछि सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

क्रियाशील सदस्यतामा विवाद आएपछि सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

महाधिवेशन तयारीसँगै क्रियाशील सदस्यता विवादबारे छलफल गर्न बैठक बोलाइएको हो पौडेलले जनाएका छन्।

पछिल्लो समय कांग्रेस क्रियाशील सदस्यहरुको छानबिन समितिको काम विवादमा छ ।

कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन। अहिलेसम्म कांग्रेस केन्द्रीय कार्यालयले बनाएको सफ्टवेयरमा आठ सदस्यको ‘इन्ट्री’ भएको छ। जसमाथि पाँच हजार उजुरी परेको छ। 

केन्द्रीय सदस्यताको विवाद टुङ्ग्याउन केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले काम गरिरहेको भए पनि त्यसमा उठेका केही विषयमा पदाधिकारी बैठकमा छलफल हुने कांग्रेस मुख्यसचिव पौडेलले बताए। 

कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ। त्यसअघि वडादेखि प्रदेश अधिवेशन तय गरिएको छ। १२ साउनबाट वडा अधिवेशन हुँदै छ। त्यसका लागि क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउन लागिएको हो। 

Recent Comments

No comments to show.