काठमाडौं। काठमाडौ महानगरपालिकाकाले खुलामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ ।
महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधन सहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिएर बस्न पाउने छैनन् । साथै उनीहरुले खुलामञ्चमा सवारी पार्किङसमेत गर्न पाउने छैनन् ।
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौ टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । अहिले खुलामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दे आएका छन् ।
महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेटअगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधिक गरेर व्यवस्था मिलाउने सहमति भएको महानगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया