जीवन विकास लघुवित्तको आईपीओ आजबाट बिक्री खुल्ला,कति दिने आवेदन ?

जीवन विकास लघुवित्तको आईपीओ आजबाट बिक्री खुल्ला,कति दिने आवेदन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आजबाट निष्काशन तथा बिक्री खुल्ला भएको हो ।

निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

निष्काशन कित्ता अत्यन्त न्यून भएकाले १० कित्ता शेयर पनि गोलाप्रथाबाट मुस्किलले पाउने भएकाले १० कित्ताका लागि मात्र आवेदन गर्दा उत्तम हुनेछ ।

आइपीओमा आवेदन दिनेको संख्या मागभन्दा धेरै रहेने हुनाले १० कित्ताको लागि पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । उक्त शेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो । त्यसैले नै १० कित्ताको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तले हाल देशका १६ वटा जिल्लाका १३६ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

Recent Comments

No comments to show.