एनएमबि बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर

एनएमबि बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न ८ वटा पदका लागि ३ सय १० जनाको आवेदन माग गरेको हो ।

जसमा ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन माग गरेको हो ।

माग गरिएको ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना माग गरेको छ ।

तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.