सुर्यगढी गाउँपालिकाको बजेट ४२ करोड ४८ लाख

सुर्यगढी गाउँपालिकाको बजेट ४२ करोड ४८ लाख

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । सुर्यगढी गाउँपालिकाको नवौ गाउँसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ४२ करोड ४८ लाख ५ हजार ७ सय ४ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शिक्षा, स्वास्थ्य र पर्यटन सहितको पूर्वाधार गतिशिल सूर्यगढी हाम्रो आधार भन्ने नारा तय गरेको गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन लगायतलाई बजेटमा स्थान दिइएको छ ।

शिक्षा, स्वास्थ्य र पर्यटन सहितको पूर्वाधार गतिशिल सूर्यगढी हाम्रो आधार भन्ने नारा तय गरेको गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन सम्बन्धी विषय समावेश गरेको छ । छात्राहरुलाई शिक्षा तर्फ आकर्षित गर्न अध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, स्वस्थ्य रहनु सबै भन्दा ठुलो सबै घरमा आधुनिक चुलो कार्यक्रम सञ्चालन गरिने, एक घर एक धारा खानेपानी कार्यक्रमलाई प्राथमिकता दिइने, एक वडा एक खेल मैदानको कामलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले बताउनुभयो ।

गाउँसभामा  नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले चालूतर्फ २७ करोड ४४ लाख ४५ हजार र पुँजीगत तर्फ १५ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

कृषि उद्योग तथा वाणिज्य पर्यटा कार्यक्रमको लागि १ करोड ५५ लाख, तरकारी बारीको साना व्यवहारिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालनको लागि २४ लाख, कोरोना भाइरस कोभिड १९ बाट उत्पन्न परिस्थितिलाई सिकाई सहजीकरणको लागि शैक्षिक कार्यक्रमको लागि ४० लाख,शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रबद्र्धन कार्यक्रमको लागि ८ करोड ७५ लाख ४१ हजार,पुर्बाधार बिकासको लागि १० करोड ७५ लाख,कोरोना भाइरस कोभिड १९ को क्षति कम गर्न ७५ लाख रुपैयाँ,हेलिप्याड निर्माण निरन्तरता दिन १२ लाख,जेष्ठ नागरिक वार्षिक चाडपर्ब खर्चको लागि २० लाख ५० हजार र बजार क्षेत्रमा सोलारको बति जडान गर्दै जाने नीतिलाई कार्यन्वयन गर्न १५ लाख बजेट बिनियोन गरिएको सुर्यगढी गाउँपालिकाले जनाएको छ ।

Recent Comments

No comments to show.