काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन्।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले १७ असार दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जनाएका छन्।
प्रतिक्रिया