सिन्धुली । नेपाली काङ्ग्रेस सिन्धुली – काठमाडौं सम्पर्क समिति र नेपाली काङ्ग्रेस गोलन्जोर- काठमाडौं सम्पर्क समितिको संयुक्त सहयोगमा सिन्धुली जिल्लाको विभिन्न ठाउमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका युवा नेता पुष्पबहादुर कार्कीको नेतृत्वमा गोलन्जोर गाउँपालिकाका नागरिकलाइ मास्क, पिपिइ सेट, सेनिटाइजर,फेस सिल्ड अक्सिमिटर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले दुवै सम्पर्क समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गोलन्जोरवासीको घाउमा यसैगरी मल्हम लगाउने विश्वास व्यक्त गर्दै सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘यो हामी सबैले एक अर्कालाई साथ दिने समय हो । हरेक नागरिकको आफ्नो प्यारो जिवन बचाउनको लागि हाम्रो प्रयास निरन्तर जारी रहनेनैछ । हाम्रो एउटै कामना छ यस्तो बेलामा हस्पिटल र स्वास्थ्य सामग्रीको अभावमा कुनैपनि नागरिकले ज्यान गुमाउनु नपरोस् । हाम्रो यस अभियानमा भित्रैदेखि तन, मन र धन तिनै कुराले सहयोग गर्नुहुने सन्दीप बराल प्रति हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छौँ ‘ उनले भने ।
कोभिड–१९ महामारीविरुद्धको स्वास्थ्य सामग्री वितरण अभियानमा गाउँपालिकाका स्वास्थ्य कार्यालयका बिरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलन्जोर-३ का वार्ड अध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक संघ गोलन्जोरका सचिव अनुप बराल लगायतले साथ दिएको नेपाली काङ्ग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिका सचिव अन्जनि कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया