सेयर बजारमा ५१ कम्पनीको मूल्यमा चलखेल, लगानी गर्दा डुब्ने खतरा! (सूचीसहित)

सेयर बजारमा ५१ कम्पनीको मूल्यमा चलखेल, लगानी गर्दा डुब्ने खतरा! (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर शेयर मूल्य बढाएका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ ।

बोर्डले एक विज्ञप्ति प्रकाशित गरी बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि जोखिमयुक्त रहेको जनाएको हो । यस्ता कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन ।

अध्ययनमा कमजोर पफमेन्स भएका हाइड्रोपावर विकास बैंक र वित्त कम्पनी निर्जिवन बिमा कम्पनीहरु, जीवन बिमा कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रचर बैंक, विकाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष लगायत कम्पनीको शेयर मूल्य अस्वभाविक देखिएको बोर्डको निष्कर्ष छ ।

यी कम्पनीमा लगानीकर्ताहरुलाई सचेततापूर्वक लगानी गर्न अनुरोध गर्दै चलखेलमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

‘विगतको १ वर्ष अवधिमा सुचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३ सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका विज्ञप्तिमा भनिएको छ ।

५१ वटा सूचीकृत संगठित संस्थाहरु छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको थियो, उक्त सुचिकृत संगठित संस्थाहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

यी हुन् अस्वभाविक मूल्य बढाइएका ५१ कम्पनी

Recent Comments

No comments to show.