सिन्धुपाल्चाेक । मंगलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ ।
बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर ५० औँ जना भन्दा धेरै मानिस सम्पर्कविहीन भएको सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन ।
मन्त्री तामाङका अनुसार ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बाढीले क्षतबिक्षत बनाएको छ ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको तामाङले जानकारी दिए ।
प्रतिक्रिया