प्रदेश नं १ को बजेट सार्वजनिक, आर्थिक वृद्धि दर ३.६ प्रतिशत रहने अनुमान (पूर्णपाठ)

प्रदेश नं १ को बजेट सार्वजनिक, आर्थिक वृद्धि दर ३.६ प्रतिशत रहने अनुमान (पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन्।

आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेका छन् ।

यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रादेशिक तथा जिल्ला अस्पतालहरुको स्तरोन्नतिका साथै खोपलगायतको प्रदेशबासीको स्वास्थ्योपचारका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अगाडि सारेको छ। कोरोना भाइरसविरुद्धको खोप वितरणसँगै आर्थिक गतिविधि चलायमान हुँदा उक्त आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दाबी गरिएको छ ।

बजेटको पूर्ण पाठ:


Recent Comments

No comments to show.