कोरोना संक्रमणका कारण प्रहरी हबल्दारको निधन

कोरोना संक्रमणका कारण प्रहरी हबल्दारको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर। कोरोना भाइरस संक्रमणबाट एक जना प्रहरी हवल्दारको निधन भएको छ।

निधन हुनेमा जिल्लाको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत विराटनगर महानगरपालिका ३ का ४० वर्षीय प्रहरी हवल्दार वेदराज भण्डारी रहेका छन्।

पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका उनलाई जेठ ३ गते संक्रमणले च्यापेपछि विराटनगरको कोशी अस्पतालस्थित कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो, बीचमा केही समय रिपोर्ट नेगेटिभ आएको उनमा पुन: जेष्ठ १६ गते रिपोर्ट पोजिटिभ देखिएको थियो।

स्वास्थमा थप समस्या देखिएपछि भेन्टिलेटरमा उपचारररत हवल्दार भण्डारीको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

Recent Comments

No comments to show.