काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको मङ्गलवार मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कोरोना संक्रमण भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।
थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब दुई साताअअघि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
पत्नीको हस्ताक्षरपछि थापाको शवलाई भेन्टिलेटरबाट बाहिर निकाल्ने तयारी गरिएको छ । अस्पतालले केही बेरमा विज्ञप्ति जारी गर्ने भएको छ ।
प्रतिक्रिया