नुवाकोटबाट कोरोना भाइरस स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

नुवाकोटबाट कोरोना भाइरस स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । कोरोना भाइरस (काभिड –१) आशंकामा नुवाकोटबाट एक जनाको स्वाब  परीक्षण गर्न  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ ।

नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सो परीक्षण गर्न सो प्रयोगशालामा पठाइएको त्रिशूली अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डन डा.रेमकुमार राईको अनुसार अस्पतालको सम्पर्कमा रहेर घरमै  रहेका ती व्यक्तिमा गत आइतबारदेखि ज्वरो आएपछि सोमबार साँझदेखि अस्पतालको आइशोलेशनमा राखेर निगरानीमा राखिएको छ   । 

अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ  । सो भाइरसको आशंकामा  जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएको यो पहिलो पटक हो । 

यसैबीच, यही चैत ९ मा भारतबाट आएका एक जनामा पनि आइतबारदेखि उच्च ज्वरो आएपछि  शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइएको छ । 

काठमाडौसँग सीमा जोडिएका स्थानका ती व्यक्ति भारतबाट ९ गते आएपनि काठमाडौमा बसेको र त्यहाँ रहदाँ नै ज्वरो आएपछि आरामको लागी चैत १४ मा नुवाकोट स्थित घर आएका बताइएको छ । 

घरमा आएदेखि नै चिकित्सकसंगको निरन्तर फोन सम्पर्कमा रहेका उनलाई ज्वरो र श्वासप्रश्वासमा थप समस्या देखिएपछि त्रिशूली अस्पतालका चिकित्सकले काठमाडौ रिफर गरेका थिए  ।

Recent Comments

No comments to show.