निषेधाज्ञामा थप कडाइ,पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

निषेधाज्ञामा थप कडाइ,पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाको आवागमनमा थप कडाइ गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामा सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै थप कडाइ गर्ने तयारी गरेको हो ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै पत्रकारको हिँड्डुललाई समेत कडाइ गर्ने निर्णय गरेको छ ।

जस अनुसार अब पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागको प्रेस कार्ड बिना हिँड्डुल गर्न नपाइने भएको छ ।

सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँड्डुल गर्न पाइने छ ।

‘पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

Recent Comments

No comments to show.