काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यरातको समयमा प्रधानन्यायधीश र प्रधानमन्त्रीबीच भेट हुनेजस्ता गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन गरेकै दिन प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर भेट गरेको समाचारहरु बहिरिएका थिए ।
उनले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने फोहोरी खेल नखेल्न चेतावनी पनि दिएका छन् ।
प्रतिक्रिया