काठमाडौं । प्रहरी नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातायता उपचारमा रहेका खरेलको सोमबार अपराह्न मृत्यु भएको हो।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले खरेलको मृत्यु भएको पुष्टि गरेको छ।
खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए।
हाल प्रहरी उपरीक्षक (एसपी) बढुवाको क्रममा रहेका खरेल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् थिए।
केही दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् प्रहरी नायब उपरीक्षक राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
प्रतिक्रिया