काठमाडौं । निवर्तमान सहरी विकास मन्त्री एवम् एमाले नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुसी भएको बताएका छन् ।
आइतबार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताए ।
‘नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बञ्चित रहेको हुँदा उनीहरूले नागरिकता पाउनुमा म खुसी छु । यसका लागि प्रधानमन्त्री एवम् राष्ट्रपतिलाई विशेष धन्यवाद दिन्छु’, उनले भने ।
प्रतिक्रिया