निषेधाज्ञा कडाइका साथ पालना गराउन गृहमन्त्रालयको निर्देशन

निषेधाज्ञा कडाइका साथ पालना गराउन गृहमन्त्रालयको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निषेधाज्ञा उल्लंघनका घटना बढेको भन्दै गृह मन्त्रालयले थप कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञालाई थप कडा बनाउन निर्देशन दिएका हुन् ।

संक्रमणको उच्च जोखिम रहेको बेला लापरबाही बढेकोतर्फ ध्यान दिँदै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल रोक्न निर्देशन दिएको हो ।

यस्तै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पनि भीडभाडजन्य गतिविधि रोक्न निर्देशन दिइएको छ ।

निषेधाज्ञाका पालना नगर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन पनि गृहसचिव न्यौपानेले निर्देशन दिए 

Recent Comments

No comments to show.