राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धि अध्यादेश जारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का नेताबीच फरक मत थियो । 

सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो ।

त्यसैअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो । जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति पनि भएको छ ।

त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्यदल बनाइएको छ ।

Recent Comments

No comments to show.