माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता,चुनाव चिन्ह कलम

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता,चुनाव चिन्ह कलम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गरेको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्। उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कमल राखिएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुला,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । पछिल्लो समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच खटपट भए पछि पार्टीमा खैलाबैला शुरु भएको थियो । दुई कित्तामा शुरु भएको राजनितिले पछिल्लो समय आन्तरिक द्दन्द्द सिर्जना हुँदा एमालेलाई ठुलो क्षति समेत पुगेको थियो । अव भने नेपाल पक्ष एमालेबाट विभाजित भएको पुष्टी भएको छ । 

Recent Comments

No comments to show.