काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी हुन्।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।
प्रतिक्रिया