काठमाडौं । निषेधाज्ञाका बेला हवाई यात्रुले विमानस्थल जानका लागि घरमै प्रिपेड (विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला) ट्याक्सी बोलाउन पाउने भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा विदेशी हवाई यात्रुले विमानस्थलसम्म जान घरमै ट्याक्सी बोलाउन सक्ने जानकारी गराएको हो ।
विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् ।
विमानस्थल आवतजावत गर्नका लागि यात्रुले प्रिपेड ट्याक्सीलाई फोन गरेपछि ट्याक्सी सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।
आन्तरिक यात्रुका लागि ९८०३०५३३५१, ९८०३१४६१२२, ९८६००१५५१३ र अन्तर्राष्टिय उडानका यात्रुले ९८४१०७०६२३ र ९८४१२८१२७० मा फोन गरेर ट्याक्सी बोलाउन तथा थप जानकारी लिन सक्ने विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया