एन आई सी एशिया क्यापिटलमा १ घण्टामै नि:शुल्क डिम्याट खाता

एन आई सी एशिया क्यापिटलमा १ घण्टामै नि:शुल्क डिम्याट खाता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत नि:शुल्क डिम्याट खाता खोल्न सकिने भएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले विगत लामो समय देखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरि डिम्याट खाताको पहुच आम जनता माझ पुर्‍याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो बारम्बार सुनिएको हुँदा एन आई सी एशिया क्यापिटल लिमिटेडले उपत्यका बाहिरबाट अर्थात देशको सम्पूर्ण क्षेत्रबाट अनलाईन मार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ ।

एन आई सी एशिया क्यापिटलले ‘एन आई सी एशिया इलष्लिभ डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत संचालन गरेको उपलक्ष्यमा मिति २०७८ साल आषाढ मसान्तसम्म इलष्लिभ मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

अनलाईन मार्फत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण सफलतापूर्वक सवमिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने सम्बन्धित सबैमा जानकारी दिएको छ ।

साथै उक्त एक घण्टा भित्र सुविधा आइतबार देखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध गरेको छ ।

साथै, हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाईन मार्फत डिम्याट खाता खोल्नुहुने महानुभावहरुले खाता सफलतापूर्वक सवमिसन भएको मितिले १५ दिन भित्र एन आई सी एशिया क्यापिटल लिमिटेड वा आफुलाई पायक पर्ने कुनैपनि नजिकको एन आई सी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयंम उपस्थित हुनुपर्ने छ ।

Recent Comments

No comments to show.