सार्वजनिक सवारीमा मापदण्ड पालनाको कडाई, २० ठाँउमा ट्राफिक प्रहरीको चेकजाँच

सार्वजनिक सवारीमा मापदण्ड पालनाको कडाई, २० ठाँउमा ट्राफिक प्रहरीको चेकजाँच

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकामा चल्ने सार्वजनिक सवारीले सरकारले जारी गरेको मापदण्ड पालनाबारे चेकजाँच गर्न काठमाडौंका २० स्थानमा ट्राफिक प्रहरी परिचालित भएका छन् ।

नियमित १७ र आकस्मिक ३ गरी काठमाडौंको जडिबुटीदेखि सीतापाइलासम्मका विभिन्न २० स्थानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी खटाएको हो । 

जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग र महाशाखाबीच सोमबार बसेको बैठकले जारी गरेको मापदण्ड पालना गराउन महाशाखाले उक्त स्थानमा प्रहरी खटाएको हो ।

सीसीएमसीको बैठकले जारी गरेका मापदण्ड कार्यान्वयनका विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई, विभागका प्रतिनिधि र यातायात व्यावसायीका प्रतिनिधिबीच सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बैठक बसेको थियो ।

उक्त बैठकले काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा लागु गरेको मापदण्ड पालना गरेको/गराइएको चेकजाँचका लागि महाशाखाले ट्राफिक प्रहरी टोलीलाई निर्देशनसहित फिल्डमा खटाएको हो । 

विभागले सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा ‘डिस्इन्फेक्सन गर्ने नयाँ मापदण्ड लागु गरेको छ ।

यस्तै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराउने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराउनेलगायतका नयाँ मापदण्ड लागु भएको छ । 

चेकजाँच गर्न खटाइएको चेक प्वाइन्टहरु:-

१. नयाँबजार

२. पुरानो बसपार्क टुँडिखेल

३. कमलपोखरी काठ गोदाम

४.साल्ट ट्रेडिङ कालीमाटी

५. बल्खु कीर्तिपुर जानेतर्फ

६. कीर्तिपुर गेट

७. कलंकी चोक

८. सितापाइला

९. बाइपास जाने मोड

१०. नारायण गोपाल चोक

११. धुम्बाराही चोक

१२. चुच्चेपाटी

१३. पिंगलास्थान

१४. कोटेश्वर–जडीबुटी

१५. सातदोबाटो गोदावरीतर्फ

१६. एकान्तकुना आउट हुने

१७. स्टार अस्पताल अगाडि

अन्य तीन स्थान काठमाडौं मल अगाडि, शान्तिबाटिका र त्रिपुरेश्वर चोकमा आकस्मिक रुपमा चेकिङ हुने महाशाखाले जनाएको छ।

Recent Comments

No comments to show.