जबरजस्ती करणी गरेको अभियोगमा गाउँपालिका प्रमुख पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा गाउँपालिका प्रमुख पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादव पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटेल एण्ड लजको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी त्यसतर्फ परिचालन भएको थियो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Recent Comments

No comments to show.