सिटिजन्स बैंक १५ औं वर्षमा प्रवेश, चुक्ता पूँजी २० गुणा बढेर साढे ११ अर्ब पुग्यो

सिटिजन्स बैंक १५ औं वर्षमा प्रवेश, चुक्ता पूँजी २० गुणा बढेर साढे ११ अर्ब पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।

५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको बैंकले ५वटा बैंक तथा वित्तीय संस्था प्राप्ती तथा बोनस तथा हकप्रदबाट चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ ।

स्थापना कालदेखिनै कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको यस बैंकको थालनि हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६०० जना कर्मचारी आबद्ध छन् ।

चौध वर्षको अवधिमा ३ लाख ४४ हजार १८३ ग्राहकहरुले मोबाईल बैंकिङ्ग सेवाको उपयोग गरेका छन् । सिटिजन्स बैंकको ई बैंकिङ्गको प्रयोगकर्ता २३ हजार ६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या १ लाख ७९ हजार ७४० रहेको छ ।

बैंकका डेबिट, क्रेडिटरप्रिभिलेज कार्डवाहक महानूभावहरुले विभिन्न प्रकारको सेवा सुबिधा लिंदा विशेष छुटको प्रबन्ध मिलाईएको छ जसका निम्ति बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरु सँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

Recent Comments

No comments to show.