फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,निगमलाई पाक्षिक ७० करोड नोक्सान

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,निगमलाई पाक्षिक ७० करोड नोक्सान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

निगमले एल.पी.ग्याँसको मूल्य हाललाई यथावत नै कायम राखिएको जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७० कारोड ६६ लाख घाटा रहेको छ ।

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५र१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो । त्यतिबेला निगमले पेट्रोल, डिजेलरमट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको थियो ।

Recent Comments

No comments to show.