एनआईसी एशिया बैंकको आकर्षक छुट तथा क्यासब्याक अफर

एनआईसी एशिया बैंकको आकर्षक छुट तथा क्यासब्याक अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

यस आकर्षक योजनाअन्तर्गत सस्तोडिल, ज्यापु, मार्केटप्लेस र स्टपग्र्याबबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहक महानुभावहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।

साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहक महानुभावहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म छुटको योजना समेत ल्याएको छ ।

नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो ।

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आइसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।

साथै, बैंकले काठमाडौँ मेरियट होटल र दृश्य लञ्जमा न्यु इयर इभको दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ ।

बैंकले म्युजिक नेपालसँग सहकार्य गरी मःमः एपमार्फत एनआईसी एशिया २०७८ कुपन कोड प्रयोग गरी आफ्नो ग्राहक महानुभावहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि सबस्क्रिप्सन हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ ।

Recent Comments

No comments to show.