वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ । उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो । 

व्यास नगरपालिकाको २९ औ पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन गएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत भाइको निधनले आपूm एक्लो भएको  उल्लेख गरेका छन् ।  

“नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लोे महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गरेका छन् ।

पौडेलको निधनप्रति नेपाली कांग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।  

स्व पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाइ र कान्ता हुमागाईं छन् । 

Recent Comments

No comments to show.