मास्क लगाउदा के कुरामा ध्यान दिने ?

मास्क लगाउदा के कुरामा ध्यान दिने ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापी रुपका कोराना भाइरसको कारण संक्रमणको अवस्था आएको छ । जसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।

पछिल्लो समय मास्क र सेनिटाइजरको माग बढ्न थालेको छ । मास्क वाहिर निस्कनको लागि पर्याय जस्तै बनिसकेको छ ।

प्राय सबै मानिसहरुले मास्कको प्रयोग गरिरहेका छन् । तर, मास्क लगाउदा पनि धेरै कुरामा ध्यान दिनुपर्छ । मास्क लगाउदा निम्न कुरामा ध्यान दिएनौं भने मास्क लगाउनु र नलगाउनुमा कुनै भिन्नता हुँदैन् ।

यस्ता छन् मास्क लगाउदा ध्यान दिनुपर्ने कुराः

१. मास्कको गुणस्तरमा ध्यान दिनुपर्छ ।

२. मास्क लगाउनुभन्दा पहिले साबुनपानी र सेनिटाइजले राम्रोसंग हात धुनुपर्छ ।

३. मास्कले नाक तथा मुखलाई राम्रोसंग ढाक्नुपर्छ ।

४. प्रयोग गरिरहेको मास्कलाई जथाभावी छुनुहुँदैन् ।

५. सकेसम्म एकपटक प्रयोग गरिसकेको मास्क दोस्रोपटक प्रयोग गर्नुहुदैन् ।

६. प्रयोग गरेको मास्कको अगाडीपट्टिको भागलाई नछोई पछाडीबाट निकालेर उचित ठाउँमा फाल्नुपर्छ ।

७.अन्त्यमा पुनः साबुन पानीले हात धुनुपर्छ । ९एजेन्सी०

Recent Comments

No comments to show.