चेम्बरको अध्यक्षमा राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन,कार्यसमितिमा को-को परे ?

चेम्बरको अध्यक्षमा राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन,कार्यसमितिमा को-को परे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चयन भएका छन् । चेम्बरको ७० औं वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

मल्ल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्।

चेम्बरको उपाध्यक्षहरुमा वाणिज्यतर्फबाट दिपक मलहोत्रा, जिल्लाबाट दिपक श्रेष्ठ, उद्योगबाट उर्मिला श्रेष्ठ, बस्तुगतबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागतबाट त्रिभुवन तुलाधर चयन भए ।

यसअघि चेम्बरको सर्वसम्मत रुपमा ५५ सदस्यीय कार्यसमिति सदस्य चयन भैसकेको थियो । वाणिज्यतर्फ १५ जना चुनिएका छन्। उद्योगतर्फ ९ जना, वस्तुगत संघतर्फ पनि ९ जना चुनिएका छन्।

यस्तै आबद्धतर्फ ३ जना चुनिएका छन्। जसमा देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल छन्।

यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपकर कुँवर र त्रिभुवनधर तुलाधर छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् ।

यी हुन ५५ जना कार्यसमिति सदस्य

वाणिज्य तर्फ (१५)

१ कमलेश कुमार अग्रवाल

२ दिपक कुमार मल्होत्रा

३ मनोज कुमार केडिया

४ निलकण्ठ चौलागाई

५ सन्तोष कुमार पाण्डे

६ नवराज ढकाल

७ राष्ट्रभुषण चाकुबजी

८ राजु श्रेष्ठ

९ दिपक काजी तुलाधर

१० सुरेन्द्र कुमार सारदा

११ निरज राई

१२ राम श्रेष्ठ

१३ टिकाराम शर्मा ढुंगेल

१४ अशोक कुमार अग्रवाल

१५ कैलाशचन्द्र गोयल

उद्योग तर्फ (९)

१ राजेन्द्र मल्ल

२ राजेन्द्र प्रसाद अर्याल

३ किशोर कुमार अग्रवाल

४ सुमित कुमार अग्रवाल

५ सुवास चन्द्र संघाई

६ नरेन्द्र बल्लभ पन्त

७ सुधिर मित्तल

८ उर्मिला श्रेष्ठ

९ दिपेश रत्न तुलाधर

जिल्ला तर्फ (१५)

१ ओम कृष्ण विमली

२ विजय साह

३ पंकज जालान

४ दीर्घमान श्रेष्ठ

५ महादेव पोखरेल

६ भाईचन्द्र श्रेष्ठ

७ दिपक श्रेष्ठ

८ भिमलाल पौड्याल

९ सतिस कुमार अग्रवाल

१० रोसन भोयद्यो

११ नन्द कुमारी लम्साल(निर्मला )

१२ सुगन्ध कुमार गुप्ता

१३ सुशिल पाण्डेय

१४ तुफान खड्का (तिलक)

१५ कृष्णमान श्रेष्ठ

नगर तर्फ (१)

१ मन्जु बज्राचार्य

वस्तुगत संघ तर्फ (९)

१ अर्जुन प्रसाद शर्मा

२ सुरेन्द्र कुमार श्रेष्ठ

३ रमेश महर्जन

४ मृगेन्द्र मेहेर श्रेष्ठ

५ रत्नतारा तुलाधर

६ मनोहर दास मुल

७ संजय कुमार अग्रवाल

८ सुरेन्द्र भाई शाक्य

९ किरण कुमार डंगोल

द्विराष्ट्रिय संस्थागत (३)

१ त्रिभुवन धर तुलाधर

२ दिपक कुवर

३ विनायक शाह

आवद्ध तर्फ (३)

१ देबेन्द्र भक्त श्रेष्ठ

२ राजारत्न तुलाधर

३ पर्शुराम दाहाल

Recent Comments

No comments to show.