पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी

पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बनेकी हुन् । उनका प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गरे ।

विजयी भण्डारी नेपाल प्रेस युनियन निकट हुन भने उनका प्रतिस्पर्धी लामिछाने प्रेस चौतारी निकट छन् ।

त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष ९महिला० मा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल,सहसचिवमा श्रीराम सिग्देल, सहसचिव (समावेशी) मा रेमबहादुर विक, कोषाध्यक्षमा कृष्ण दवाडी, सदस्य (महिला)मा सपना अधिकारी, सदस्य (दलित) मा विजय नेपाली, सदस्य आदिवासी (जनजाति) मा पदम श्रेष्ठ र सदस्य (अन्य समावेशी) मा जैनव खातुन विजयी भएका छन् । 

खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ ९सुमन०, प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी, सन्तोष बस्याल, युवराज गुरुङ (युनिस) र हरि पन्त विजयी बनेका छन् ।

त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङ, कमल पौडेल अथक, गंगाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी बनेका छन् । 

Recent Comments

No comments to show.