सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग

सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारका लगानीकर्ताले शेयर बजारको कारोबार बन्द गर्न माग गरेका छन् ।  बिहीबार विज्ञप्ती जारी गर्दै शेयर लगानीकर्ताहरुका सेयर कारोबार बन्द गर्न माग गरेका हुन् ।

सरकारले २५ जनाभन्दा बढीलाई एकै स्थानमा भेला हुनलाई बन्देज लगाएकाले शेयर बजारको कारोबार समेत बन्द गर्नु पर्ने लगानीकर्ताहरुको भनाई छ।

 कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा समेत निरन्तर गिरावट आइरहेको परिप्रेक्ष्यमा बुधबार मात्र धितोपत्र बोर्ड ९सेबोन०ले लगानीकर्तालाई निर्धक्क हुन एक बिज्ञप्ति मार्फत आनुरोध गरेको भोलिपल्ट नै लगानीकर्ताहरु बजार बन्द गर्न माग गर्दै सेबोन पुगेका हुन्।   

कोरोनाको त्रासका कारण आम लगानीकर्ताहरुले धितोपत्र बजार हाललाई बन्द गर्नुपर्ने माग गरेका छन् । पाँच वटै लगानीकर्ता संघहरुले चैत महिनाभर धितोपत्र बजार बन्द गर्न नियामक निकायसँग माग गरेका हुन ।

सरकारले कोरोना भाइरस सक्रमण थप विकराल बन्दै गएपछि थप सतर्कता अपनाउन बुधबार माध्यामिक शिक्षा परिक्षा ९एसईई० परिक्षा , विश्वविद्यालयका सबै परिक्षा स्थगित गर्नुका साथै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । धितोपत्र बजार प्रविधिमैत्री बने पनि अनलाईन कारोबार भन्दा अफलाईन कारोबार गर्न ब्रोकर अफिसनै धाउने लगानीकर्ताको संख्या बढी रहेको भन्दै हाललाई कारोबारनै स्थगित गर्न माग गरेका हुन । 

बिहीबार कोरोनाको प्रभावबाट धितोपत्र बजारमा नकारात्मक असर पर्न नदिन बोर्डमा बसेको सर्वपक्षिय बैठकमा केहि समय धितोपत्र बजार बन्द गराउन बोर्ड सहमत भएको छ । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुयलले बिहीबार भएको सर्वक्षिय बैठकमा बजार बन्द गराउनुपर्ने कुरामा नियामक निकाय पनि सहमत भएको जानकारी दिए । 

बोर्डले भने अहिलेको अवस्थामा बजार बन्द गराउनु उपयुक्त देखिएपनि नीतिगत व्यवस्था अनुसार पाँच दिनमात्र गर्न सकिने भएकाले आम लगानीकर्ताको माग बमोजिम चैत मसान्तसम्म बन्द गर्नका लागि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने बताएको छ । यद्यपि पाँच दिनका लागि बन्द गराउन भने बोर्डले सक्नेछ । उता, नेप्सेले भने नियामक निकायको निर्देशनमा अघि बढ्ने बताएको छ । 

Recent Comments

No comments to show.