काठमाडौं । एसोसिसन अफ इन्जिनियरिङ कलेजेज नेपाल (एकोन)का पूर्वमहासचिव, वर्तमान उपाध्यक्ष साथै पूर्वाञ्चल विश्वविद्यालय कलेजज नेपाल पियुक्यानका वर्तमान महासचिव र कलेज अफ इन्फर्मेसन टेक्नोनोजी एण्ड इन्जिनियरिङ (सिआइटीइ)का प्रिन्सिपल एवं अध्यक्ष ई. सुधिर गुरागाईं यस पटकको नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं कार्यसमितिमा बृहद् लोकतान्त्रिक इन्जिनियरिङ समूहबाट उप–महासचिव पदको लागि उम्मेदवारी मनोनयन गराएका छन् ।
कान्तिपुर टेलिभिजन एवं कान्तिपुर एफएमका पूर्व स्टेसन म्यानेजर समेत रहेका उनी सफल नेतृत्वदायी क्षमता भएका दूरदर्शी र कुशल नेतृत्वकर्ता समेत हुन् ।
इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव समेटेका गुरागाईं समग्र इन्जिनियरिङ क्षेत्रलाई मर्यादित, व्यवस्थित बनाउन आफू जस्ता युवा पुस्ताको आवश्यकता महसुस गरेर उक्त पदमा उम्मेदवारी दिएको बताउँछन् ।
३३ औं कार्यसमिति पदाधिकारी चयनको लागि हुन लागेको निर्वाचनमा गुरागाईंले वृहद लोकतान्त्रिक प्यानल मातहतको ईन्जिनियर दिलिपकुमार झाको नेतृत्वको टीमबाट उपमहासचिव पदको लागि उम्मेदवारी दिएका हुन् ।
उक्त टीमबाट नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइरालाले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।
यसैगरी सडक बोर्ड नेपालका कार्यकारी निर्देशक ई. कृष्णसिंह बस्न्यातले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
यस टीमले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी तवरले योग्य, अनुभवी र क्षमतावान् व्यक्तिहरुको नाम मनोनयन गराएको छ ।
प्रतिक्रिया