नबिल बैंक र तयारी पोशाक उत्पादनसंघबीच सम्झौता

नबिल बैंक र तयारी पोशाक उत्पादनसंघबीच सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता भएको छ । 

बैंक र संघबीच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीहरूलाई आवश्यकता अनुसार बैंकको कर्जा नीतिको  अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा नबिल बैंकका एस.एम.ई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) एन.एस.टी.पि.उ.एसका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरे । 

सो कार्यक्रममा नबिल बैंकको तर्फबाट लघुवित्त विभाग प्रबन्धक मनोज कुमार यादव र एन.एस.टी.पि.उ.एसको तर्फबाट उपाध्यक्ष सुमित प्रधानको उपस्थिति थियो । 

साझेदारीको बारेमा बोल्दैै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास रँख्दछ ।”

उक्त रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्माताहरूलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने उनले बताए । 

उनले अगाडि भने “नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एन.एस.टी.पि.उ.एससँगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायीहरुको ‘मेक इन नेपाल’ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”

त्यस्तै नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मूल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा समृद्धीको बाटो हुनेमा हामी विश्वस्त छौ ।”

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

वि.सं. २०७४ मा स्थापित, नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थानीय तयारी पोशाक उत्पादकहरूको एक गैर–सरकारी संस्था हो, जुन समग्र स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरुको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो ।

उनले अगाडि भने “नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एन.एस.टी.पि.उ.एससँगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायीहरुको ‘मेक इन नेपाल’ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”

त्यस्तै नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मूल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हु“दै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा समृद्धीको बाटो हुनेमा हामी विश्वस्त छौ ।”

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.।

एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

वि.सं. २०७४ मा स्थापित, नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थानीय तयारी पोशाक उत्पादकहरूको एक गैर–सरकारी संस्था हो, जुन समग्र स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरुको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो ।

Recent Comments

No comments to show.