वसन्तपुर क्षेत्रमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता

वसन्तपुर क्षेत्रमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ ।गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो ।

पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ शुरु गरेको हो ।

“पटक–पटक मौखिक र लिखितरूपमा आग्रह गरे पनि विभागले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापारी–व्यवासायीलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ”, कामपा प्रहरी प्रमुख धनपति सापकटाले भने, “वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरसहितका पसल सञ्चालित छन् । उनीहरु आफैँले हटाउन मानेन् भने हामी हाम्रो ढङ्गबाट अघि बढ्छौँ ।”

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम कामपाको प्रयासलाई सकारात्मक रूपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताउँछन् ।

Recent Comments

No comments to show.