चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप आज (सोमबार) काठमाडौं ल्याइँदै छ।

खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी- ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ ।

उक्त जहाजमा कोभिड-१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइँदै छ ।

खोपसहितका सामग्री बोकेर उक्त जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४:३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । उक्त विमान राति ८:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरुले दाबी गरेका छन् ।

Recent Comments

No comments to show.