काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायतको बैठकले कोरोना जोखिम न्यूनीकरण गर्न मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।
अब मास्क नलगाउने यात्रुलाई कारबाही समेत गरिने जनाइएको छ । यस्तै, सार्वजनिक यातायातमा सिट क्षमता बराबर मात्र यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्ने, अनुगमनलाई प्रभावकारी बनाउने लगायतको निर्णय भएको छ ।
कोरोनाको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।
प्रतिक्रिया